बालुवाटार छाड्नै नमान्ने ओली, आजभोलि नियमित पार्टी कार्यालयमा

भेटघाट र छलफल थापाथलीबाटै


१४ श्रावण २०७८, बिहीबार
kp oli in party office q2v769RrBK

काठमाडौं, १४ साउन । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेका छन् ।

kp oli in party office 1 iV1QgdXJuM 1

अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट थापाथलीमा रहेको केन्द्रीय कार्यालयबाट शुरु गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बिहीबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री रहँदा उनले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका बैठक गर्दै आएका थिए ।

अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिएका छन् । अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र उनी सक्रिय रूपमा कार्यालयमा उपस्थित हुन सक्ने अवस्था रहेको कार्यालय सचिव तामाङको भनाइ छ । कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उनले बताए ।

kp oli and ishwar pokharel 1m6kztBU2v

उनले भने, ‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँहरूलाई अर्को कुनै अप्ठ्यारो नहोस्, भिडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षको व्यवस्था भएको छ । उहाँको भेटघाट गर्ने कोठाको व्यवस्था छ । हामीले व्यवस्थित ढङ्गले नै भेट्ने र अरू पार्टीका काम गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको छ ।’

सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिएका छन् । पार्टी अध्यक्ष ओलीको अत्यावश्यक बैठक भौतिक उपस्थिति विना भर्चुअल माध्यमबाट पनि गर्न सकिने गरी पार्टी कार्यालयमा भर्चुअल रुम तयार गरेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७