आइएसद्वारा मलामी गएका आठ व्यक्तिको हत्या


१६ श्रावण २०७८, शनिबार
isisladaku IfhJXGPJQM

काठमाडौं, १६ साउन । इराकको राजधानी बग्दाददेखि उत्तरी क्षेत्रमा पर्ने ठाउँमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन् ।

इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए । आइएसको उक्त आक्रमणबाट कम्तिमा आठ जनाको मृत्यु भएको बताइएको छ । सो आक्रमणमा परेर अन्य १० जना गम्भीर घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरुलाई नजिकैको अस्पताल पुर्‍याइएको छ ।

उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौं गाउँलेको ज्यान लिएका थिए । उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरुले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७