ला लिगामा रोनाल्डोले पुर्‍याए ३ सय गोल


२० फाल्गुन २०७४, आईतवार
ronaldo

काठमाण्डौं, २० फागुन : स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा गए रातिको खेलमा २ गोल गरेसँगैै ला लिगामा उनको व्यक्तिगत गोल संख्या ३ सय पुगेको छ ।ronaldo

स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको २ तथा ग्यारेथ बेलको १ गोलको मद्दतमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।
प्रतियोगिताअन्र्तगत घरेलु मैदान सान्टियागो बेर्नाबेउमा शनिबार राति सम्पन्न खेलमा रियलको जितमा खेलको पहिलो हाफको इन्जुरी समय र दोस्रो हाफको ३३ औं मिनेटमा रोनाल्डो र खेलको २४ औं मिनेटमा बेलले गोल गरेका थिए । पराजित टोलीका लागि ६५ औं मिनेटमा पोर्टिल्लोले पेनाल्टीमार्फत १ गोल फर्काएका थिए । खेलको ४७ औं मिनेटमा रेमी दोहोरो पहेलो कार्ड खादै बाहिरिएपछि गेटाफे १० खेलाडीमा सिमित भएको थियो ।

जितपछि २७ खेलबाट ५४ अंक बनाएको रियल मड्रिड अंक तालिकाको तेश्रो स्थानमा छ । पहिलो स्थानको बार्सिलोनाको २६ खेलबाट ६६ तथा दोस्रो स्थानको एथ्लेटिको मड्रिडको समान खेलबाट ६१ अंक छ । राति नै सम्पन्न अन्य खेलमा जिरोनाले भिल्लारियल,सेभिल्लाले एथ्लेटिको विल्बाओ र लेगानेसले मालागालाई समान २–० ले पराजित गर्दा डिर्पोटिभो डी ला कोरुना र एइबरले एक÷एक गोलको बराबरी खेलेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७