अर्थ सचिवमा मरासिनी


१७ श्रावण २०७८, आईतवार

काठमाडौं, १७ साउन । महालेखा नियन्त्रक मधु मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार मरासिनीले आइतबार कार्यभार सम्हाल्दै छन् ।

यसअघिका अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम सरुवा गरिएको छ । यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिवको जिम्मेवारीमा ल्याउने र ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७