एटिएम तोडफोडमा संलग्न दुई युवक पक्राउ


१७ श्रावण २०७८, आईतवार
pakrau
फाइल फोटो

दाङ, १७ साउन । बैंकको एटिएम फोड्न खोज्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ मंलेरीका १८ बर्षीय सुवास बिक र सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल पक्राउ परेको दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरुले साउन १२ गते राति घोराही १५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए । एटिएम तोडफोड गरेपनि पैसा झिक्न र लैजान भने नसकेको प्रहरीले जनाएको छ ।

त्यसपछि फरार रहँदै आएका उनीहरुलाई प्रहरीले साउन १६ गते घोराही १५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७