प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापति नियुक्त


१७ श्रावण २०७८, आईतवार
prabhu ram sharma

काठमाडौं, १७ साउन । नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा बलाधिकृत रथी प्रभुराम शर्मा नियुक्त भएका छन् । नेपाली सेनाकी परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शर्मालाई कायममुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शर्मालाई आइतवार दिउँसो कामु प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिए । वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिने भएको छ । त्यहीकारण उनी साउन २४ गतेदेखि एक महिने घर बिदामा बस्दै छन् ।

मन्त्रिपरिषदको साउन १२ को निर्णयले शर्मालाई ज्येष्ठताका आधारमा कामु प्रधानसेनापतिका लागि सिफारिस गरेको थियो । शर्मा ब्राह्मण समुदायबाट पहिलो व्यक्तिका रुपमा प्रधानसेनापति बन्न लागेका हुन् ।

president office nepal army tyO3P5kNEB

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७