एमाले बैठक शुरु : माधव पक्ष अनुपस्थित, वामदेव सहभागी


१७ श्रावण २०७८, आईतवार
amale

काठमाडौं, १७ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा आज (आइतबार) बैठक शुरु भएको हो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाली पक्षीय स्थायी कमिटी सदस्यहरु भने उपस्थित छैनन् । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक उनीहरुले बहिष्कार गर्दै आएका छन् ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् । गौतम पछिल्लो समयमा केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् । हिजोको लागि बोलाइएको बैठक पार्टी एकताको पहलका लागि भन्दै विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो ।

आजको बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ । यसअघि ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने भनेपनि बीचैमा रोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७