एक किलो बढी कोकिनसहित काठमाडौंबाट १३ जना पक्राउ


१८ श्रावण २०७८, सोमबार
pakrau
फाइल फोटो

काठमाडौं, १८ साउन । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट १ किलोभन्दा बढी लागूऔषध कोकिनसहित १३ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले करिब २ वर्षअघिको एउटा कसुरबारे अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न ठाउँमा सर्च अपरेसन गर्दा उक्त परिमाणमा कोकिन भेटेको हो ।

पक्राउ परेकाहरुबाट केही परिमाणमा चरेस समेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई केही बेरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७