बालुवाटारमा देउवा, प्रचण्ड र उपेन्द्रको बैठक


१८ श्रावण २०७८, सोमबार
Dauba prachanda and upendra

काठमाडौं, १८ साउन । मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बालुवाटारमा वैठक शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल शुरु भएको हो ।

आजै सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसेको थियो । सो बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट गरेको थियो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कांग्रेस, माओवादी र जसपा सम्मिलित कार्यदलले सरकार सञ्चालनका सन्दर्भमा सैद्धान्तिक सहमति जुटाउने प्रयास गरिरहँदा तीन विषयमा डकुमेन्ट ड्राफ्ट गरेको हो ।

कार्यदलका सदस्य रमेश लेखकका अनुसार ड्राफ्ट गरिएका तीन वटा डकुमेन्टमा न्युनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचारसंहिताको सवाल रहेको छ । यसबारे कार्यदलमा थप छलफल चलिरहेको र छिटै अन्तिम रुप दिइनेछ ।

कार्यदलको बैठक मन्त्री छनोट र नियुक्तिका विषयमा भने प्रवेश नगरेको कार्यदलका सदस्य लेखकले जानकारी दिए । शीर्ष नेताको बैठकमा कार्यदलको ड्राफ्टका साथसाथै मन्त्रिपरिषद् विस्तारको विषयमा सहमति जुटाइने बताइएको छ । नेताहरुका अनुसार देउवा सरकारलाई सघाएको माधव नेपाल पक्ष भने सरकारमा सहभागी नहुने देखिएको छ । शीर्ष नेताको बैठकमा पनि आज नेपाल सहभागी छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७