कार्यालय परिसरमै सशस्त्र प्रहरीका जवान मृत भेटिए


२० श्रावण २०७८, बुधबार

कैलाली, २० साउन । कार्यालय परिसरमै सशस्त्र प्रहरीका जवान मृत फेला परेका छन् । डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिशकुमार शाही बुधबार बिहान मृत फेला परेका हुन् ।

उनी कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरमा कार्यरत थिए । कार्यालयको परिसरभित्र उत्तरपट्टीको कम्पाउन्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतिक विष्टले बताए ।

अहिले प्रहरी टोलीले घटनास्थल शव जाँच मुचुल्का लगायतका कार्य गरी पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ । घटना सम्बन्धमा थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७