त्रिकोणात्मक सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो


२० श्रावण २०७८, बुधबार
Nepali Cricket Team uK64e6KnLN

काठमाडौं, २० साउन । आईसीसी डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा १९ खेलाडी बोलाइएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको हो । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आउँदो अक्टोबरमा हुनेछ । बन्द प्रशिक्षण बिहीबारदेखि सुरु हुनेछ । गुल्सन झा पहिलोपटक टोलीमा परेका छन् । क्यानले बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडीको पीसीआर परीक्षण गरेको जनाएको छ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु
ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनाश बोहोरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७