मान्छेको जस्तै दाँत भएको दुर्लभ माछा भेटियो


२२ श्रावण २०७८, शुक्रबार
Capture1628218234

काठमाडौं, २२ साउन । अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ । सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा जेनेट पियरले पोस्ट गरेकी थिइन् ।

यसपछि विज्ञहरुले यो ‘सीप्सहेड’ प्रजाति भएको पहिचान गरेका छन् । यसको मुख भेडाको जस्तै भएकाले यसलाई सिप्सहेडको नाम दिइएको छ ।

ह्यासट्यागसहित पोस्ट गरिएको यसको तस्बिरबारे सामाजिक सञ्जालमा अधिक चर्चा चलेको छ । कति प्रयोगकर्ताले सो माछाको दाँत आफ्नो भन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कतिले यसलाई कार्टुनको पात्र असली हुनेसँग पनि जोडेका छन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७