अष्ट्रेलियाविरुद्ध बंगलादेशको ऐतिहासिक जित


२३ श्रावण २०७८, शनिबार
thumb 4

काठमाडौं, २३ साउन । बंगलादेशले अस्ट्रेलियालाई तेस्रो खेलमा शुक्रबार १० रनले पराजित गर्दै ट्वान्टी–२० सिरिज ३–० ले जितेको छ । शक्तिशाली प्रतिद्वन्द्वीमाथि बंगलादेशको यो लगातार तेस्रो जित हो । बंगलादेशले यसअघि अस्ट्रेलियाविरुद्ध कुनै पनि फर्म्याटमा सिरिज जितेको थिएन ।

पहिले ब्याटिङ गरेको बंगलादेशले नौ विकेटमा १२७ रन बनाएको थियो । पाहुना टिमका लागि डेब्यु गरिरहेका नथान एलिसले ह्याट्रिक गरे र यसक्रममा आफ्नो पहिलो खेलमै लगातार तीन विकेट लिने पहिलो बलर पनि बने ।

जवाफमा अस्ट्रेलियाले चार विकेटमा ११७ रन मात्र बनाउन सक्यो । उसका लागि मिचेल मार्सले ५१ रन बनाए पनि यो हार टार्नका लागि पर्याप्त रहेन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७