काठमाडौंमा सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा पक्राउ


२५ श्रावण २०७८, सोमबार
sikri lutpat
सांकेतिक तस्वीर

काठमाडौं, २५ साउन । काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका–२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेका उनी पक्राउ परेका हुन् । सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीय मानिसहरुको सहयोगमा अन्जितलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७