अफगानिस्तानमा एकै दिन ५७० तालिबान लडाकू मारिए


२६ श्रावण २०७८, मंगलवार
taliban

काठमाडौं, २६ साउन । अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकै दिनमा थप ५७० जना विद्रोही लडाकूहरुको मृत्यु भएको छ ।
रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका घटनामा प्रतिबन्धित तालिबान लडाकूहरु मारिएका सोमबार जानकारी दिएको छ । घटनामा अरु १६१ जना घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

देशका नान्गार्हार, खोस्ट, लोगार, पाक्टिया, कान्दाहार, हेरात, फाराह, जोब्जान, सामाङगान, हेल्मान्ड, तखार, कुन्दुज र पन्ज्शीरलगायतका क्षेत्रमा घटना भएका हुन् ।

अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढेका छन् । तालिवान लडाकूहरुले विभिन्न प्रान्तीय राजधानी कब्जामा लिन थालेपछि हिंसात्मक घटना धेरै भएका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७