शाकिबको १०० विकेट पूरा


२६ श्रावण २०७८, मंगलवार
pppppp1628563723

काठमाडौं, २६ साउन । शकिब अल हसन टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । बंगलादेशका अलराउण्डर शाकिब टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा दोस्रो खेलाडी बनेका छन् ।

सोमबार राति भएको अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टि–ट्वान्टी क्रिकेटबाट हसनले १०० विकेट पूरा गरेका हुन् । अष्ट्रेलियाविरुद्धको खेलमा शाकिबले ४ विकेट लिए । यससँगै उनको टि–ट्वान्टी अन्तर्राष्ट्रियमा १०२ विकेट पूरा भएको छ ।

SHIKIB AL HASAN

शाकिब टि–ट्वान्टी अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी हुन् । हसनभन्दा अघि श्रीलंकाका लासिथ मालिंगाले १०० विकेट पूरा गरेका छन् । शाकिबको १०० विकेट पूरा गरेको खेलमा बंगलादेशले ६० रनले अष्ट्रेलियामाथि जित निकालेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७