आज कहा–कहाँ छ बाढीको जोखिम ?


२६ श्रावण २०७८, मंगलवार
badhi 1

काठमाडौं, २६ साउन । न्यून चापीय रेखा नेपाल नजिक आउँदै गरेका कारण देशभर मनसुन सक्रिय बन्दै गएको मौसमविदले जनाएका छन् ।
केहि दिनदेखि अलि मत्थर मनसुन सक्रिय बन्न थालेका कारण देशका धेरै स्थान ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

भोलि (बुधबार) देखि केहि दिन देशका धेरै भू–भागमा भारी बर्षा हुने मौसमविद राजु प्रधानाङ्कले जनाएका छन् । भारी बर्षाका कारण कोशी, नारायणी र यिनका सहायक नदीहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ ।

कन्काई, कमला, वागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईलगायतमा पनि बहाव बढ्ने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज इलाम, झापा, मोरङ, सोलुखुम्बु, खोटाङ, भोजपुर, धनुषा, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, सिन्धुली, काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, लमजुङ, म्याग्दी, बागलुङ, पाल्पा, प्युठान, रोल्पा, कपिलवस्तु, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, दार्चुला, बझाङ, बाजुरा, डोटी र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
यस्तो छ बाढीको पूर्वानुमान

afkmdkakmg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७