अर्थमन्त्रीको ‘श्वेतपत्र’ : अघिल्लो सरकारको पालामा सरकारी कोष एक खर्ब ४३ अर्ब घाटामा

जीडीपीमा घट्यो कृषिको योगदान


२६ श्रावण २०७८, मंगलवार
janardan sharma 111

काठमाडौं, २६ साउन । अर्थमन्त्री जनार्दन शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिएका छन् । आज (मंगलबार) संसदमा आर्थिक ‘श्वेतपत्र’ जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक शवेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६ / ७७ मा २ खर्ब १६ मा पुगेको जानकारी गराएका छन् ।

‘आर्थिक वर्ष २०७७/७८ सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ,’ उनले श्वेतपत्रमा भनेका छन् । उनले स्रोतसँग मेल नखानेगरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि हुँदै आएको बताएका छन् ।

आर्थिक वर्ष अन्तिममा खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुसास थिथोलिएको शर्माले श्वेतपत्रमा उल्लेख गरेका छन् । यसअघिको सरकारले बजेटभन्दा बाहिर गएर सडकमा लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको श्वेतपत्रमा उल्लेख गरेका छन् । बजेट परिचालनमा अनुशासन नहुँदा बजेट योजना र वित्तीय उत्तरदायित्वमा विचलन आएको शर्माले बताएका छन् ।
जीडीपीमा घट्यो कृषिको योगदान
अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घटेको छ । गत वर्षसम्म जीडीपीमा २६ प्रतिशत रहेकोमा यो वर्ष २५ प्रतिशत मात्रै रहने देखिएको उनले बताए ।

त्यस्तै मूल्यवृद्धि समेत बढी रहने अनुमान देखिएको छ । गत वर्षको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थको मूल्य बढेकाले मूल्यवृद्धि हुने देखिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७