मन्त्रीको प्रतिबद्धता : गण्डकीमा आगामी असोजसम्म ८० प्रतिशत नागरिकलाई खोप लगाउँछौं


२७ श्रावण २०७८, बुधबार
madhumaya2021 08 11 06 34 20

बागलुङ, २७ साउन । गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमायाँ अधिकारी गुरुङले आगामी असोजसम्म गण्डकीका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने प्रतिबद्धता जनाएकी छन् ।

प्रदेश संगठन नेपाल बागलुङ शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले आउँदो असोजसम्म १८ वर्ष माथिका ८० प्रतिशत नागरिकलाई खोप लगाउन सकिने बताएकी हुन् । उनले संघीय सरकारबाट खोप उपलब्ध हुने र प्रदेश सरकारले व्यवस्थापन गरेर सवै जिल्लाका नागरिकलाई खोप पुर्‍याउने बताइन् । मन्त्री अधिकारीले खोपलाई उमेर समूहका आधारमा व्यवस्थित गरिने बताइन् ।

कोरोनाको तेस्रो लहरलाई लक्षित गरेर प्रदेश सरकारले सवै अस्पतालहरुमा आइशोलेशन सेन्टर बनाउने र आवश्यक व्यवस्थापन गर्न सवैमा आग्रह गरिएको बताइन् । ‘तेस्रो भेरियन्ट सुरु हुने र बलबच्चाहरुमा केन्द्रित हुने विशेषज्ञहरुले बताएका छन् ।

मन्त्री अधिकारीले भनिन, ‘बालबालिकालाई कोरोनाबाट जोगाउन यसअघि नै सवै अस्पतालमा आइशोलेशन तयार गर्न भनिसकेका छौं । तेस्रो लहरबाट सजग हुनका लागि गण्डकी प्रदेश सरकार पूर्व तयारीमा लागेको छ । बालबालिकाका लागि लक्षित गरेर अस्पतालहरुमा चार वटा एनआइसियु बेड हुनुपर्छ भनेर काम गरिरहेको उनले बताइन् । मन्त्री अधिकारीले गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेहरुको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरिएको बताएकी छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७