लुम्बिनीको विशेष अधिवेशनविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा


२७ श्रावण २०७८, बुधबार
sarbochha

काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर रिट निवेदनमाथि आज (बुधबार) सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा मुद्दाको पेशी चढेको छ ।

उक्त रिट निवेदनको सुनुवाइका लागि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएको थियो । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले विशेष अधिवेसन आह्वानविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रदेशसभाको विशेष अधिवेशन आज शुरु हुँदैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७