देशव्यापी कोरोना नियन्त्रण अभियान चलाउन जिल्ला अध्यक्षहरूलाई तरूण दलको निर्देशन


२७ श्रावण २०७८, बुधबार
jit jung cPwUYEzu4r

काठमाडौं, २७ साउन । सत्तारुढ नेपाली काँग्रेसका भ्रातृ संगठन नेपाल तरुण दलले देशव्यापी मास्क अभियान चलाउन जिल्ला अध्यक्षहरूलाई निर्देशन दिएको छ ।

बुधबार विहान तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कोभिड–१९को विरुद्धमा देशभर मास्क प्रयोग अभियान चलाउन र कोरोना विरुद्धको खोप गलाउनको लागि सबैलाई प्रोत्साहनसहित जनचेतना फैलाउने जिल्ला कमिटीलाई निर्देशन दिएका हुन् ।

उनले खोप केन्द्र सम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्रसम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकायसँग सहजीकरण गर्ने उनको निर्देशन छ । यस्तै तरुण दलले केही स्वास्थ्य संस्थामा लामो समयदेखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरुले नपाएको भन्ने सुन्नमा आएकोले त्यसका लागि सम्बन्धित निकायसँग पहल गर्न भनेको छ ।
यस्तो ८ बुँदे परिपत्र
१) कोभिड–१९ कोरोना भाईरसको विरुद्धमा देशभर ७७ वटै जिल्लामा मास्क प्रयोग अभियान चलाउने र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउने ।

२) खोप केन्द्र सम्म पुग्न नसकेका लक्षित वर्गलाई खोप केन्द्र सम्म पुग्न सहयोग गर्ने र खोप केन्द्रलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित निकाय संग सहजीकरण गर्ने ।

३) स्वास्थ्य उपचारमा रातदिन खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनको लागि प्रोत्साहन स्वरुप थप सेवा सुविधा प्रबन्ध गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने । केही स्वास्थ्य संस्थामा लामो समय देखि तोकिएको जोखिम भत्ता स्वास्थ्यकर्मीहरुले नपाएको भन्ने सुन्नमा आएकोले त्यसका लागि सम्बन्धित निकाय संग पहल गर्ने ।

४) बाहिरी मुलुकबाट आएका व्यक्तिहरु क्वारेन्टाईनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसँग सहयोग लिई पुग्ने सक्ने वातावरणको सिर्जना गर्ने ।

५) खाद्यान्न, तरकारी, दुध, औषधि, पानीलगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले सजकता र एक अर्काबीच दूरी कायम गर्न सचेतना फैलाउने ।

६) अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरनै बसी केही समयलाई सामाजिक दूरी कायम गरिदिनु हुन अनुरोध गर्ने ।

७) सामाजिक सञ्जाल, अनलाईन समाचार लगायत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण संचार माध्यमहरु संग अनुरोध गर्ने । अपवाह फैलाईएको देखिए नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई जानकारी गराउने ।

८) मास्क, औषधी, सेनिटाईजर, खाद्यान्न ग्यास लगायत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन सक्ने हुनाले यसरी कृत्रिम अभाव र कालोबजारी हुन नदिनका लागि प्रशासनलाई नियमित अनुगमनका लागि आग्रह गर्ने र कालोबजारी भएको देखिएमा नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई सहयोग गर्ने ।

९) सकेसम्म लामो दूरीका सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनका लागि यातायात व्यवसायी र प्रशासनलाई सहयोग गर्ने ।

१०) अन्त्यमा सम्पूर्ण निकायलाई आफु र आफू वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिनुका साथै आफू सचेत भई अरुलाई पनि सचेत गराउँदै त्रसित नभई सजग रहनका लागि नेपाल तरुण दल केन्द्रिय समिति हार्दिक अनुरोध गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७