महाधिवेशनको विषयमा सभापतिलाई बदनाम गर्ने काम भइरहेको छ : प्रकाशशरण महत


२७ श्रावण २०७८, बुधबार
prakash sharan mahat1613898612

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको केन्द्रीय समितिको म्याद दुई वर्ष थप्न प्रस्ताव गरेको दाबी गरेका छन् ।

आदिवासी दिवसको सन्दर्भमा आज (बुधबार) कांग्रेसको आदिवासी जनजाति विभागले गरेको कार्यक्रममा सहमहामन्त्री महतले पौडेल पक्षले नै अहिले सभापति शेरबहादुर देउवाले महाधिवेशन नगरेको भन्दै बदनाम गरेको आरोप लगाए । ‘उहाँहरु नै कहिले दुई वर्ष केन्द्रीय समितिको म्याद थपेर महाधिवेशन सार्न प्रस्ताव गर्नु हुन्छ, कहिले महाधिवेशन नगरेर पार्टीलाई अवैधानिक बनायो भनेर सभापतिलाई बदनाम गर्नुहुन्छ’, सहमहामन्त्री महतले भने, ‘यसबारे आजै निर्णय गर्नुछ ।’

कसले दुई वर्ष म्याद थप्ने प्रस्ताव ल्यायो भन्ने नखुलाएका महतले पार्टीभित्र एउटा छलफल गर्ने, बाहिर गएर अर्कै कुरा भन्ने र सभापतिसहित आफ्नो पक्षलाई बदनाम गर्ने काम भएको बताए ।

‘अहिले उहाँहरु (पौडेल पक्ष) विशेष महाधिवेशन भन्न थाल्नु भएको छ’, डा. महतले प्रश्न गरे, ‘कांग्रेस चाहिँ अवैधानिक हुने, महाधिवेशन प्रतिनिधि चाहिँ वैधानिक भइरहने कसरी हो ?’ भाषण सके लगत्तै महत सभापति देउवानिकट गुटको बैठकमा सहभागी हुन बूढानीलकण्ठतर्फ लागेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७