लुम्बिनी प्रदेश सभा बैठक एक घण्टाका लागि स्थगित


२७ श्रावण २०७८, बुधबार
Pradesh 5 fePYCokem7

बुटवल, २७ साउन । लुम्बिनी प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित भएको छ । प्रदेशसभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अविश्वास प्रस्तावबारे छलफल जारी रहेको र अविश्वास प्रस्तावमाथि सदस्यहरुले धारणा राख्ने क्रम सकिएसँगै बैठक पौने ३ बजे बस्ने गरी एक घण्टाका लागि स्थगित गरिएको हो ।

त्यसपछि बस्ने बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सदनमा उठेका प्रश्नबारे जवाफ दिने छन् । यसअघि प्रदेशसभामा सांसद वीरेन्द्र कुमार कानौडियाले वक्तव्यसहित सभामा अविश्वास प्रस्ताव पेश गरेका थिए भने सोमाथि सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । सत्तारुढ दलका सांसद भने प्रदेशसभामा उपस्थित भएनन् ।

प्रदेशसभा बैठक शुरु हुनुअघि नै मुख्यमन्त्रीले राजीनामा दिएको भएपनि प्रदेश प्रमुखले राजीनामा स्वीकृत गरेको पत्र प्रदेशसभामा पठाइसकेकाले अविश्वास प्रस्तावमाथि छलफल जारी रहेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७