खातामा रकमै नभएको चेक दिएर ५० लाख ठगी


२७ श्रावण २०७८, बुधबार
kshiram n3jAASMIs6

काठमाडौं, २७ साउन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला अर्घाखाँची जुकेना गाविस–८ साविक शितगंगा नगरपालिका–५ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ बस्ने वर्ष ३५ को कासीराम भुसाल छन् ।

भुसालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको प्रहरीले जनाएको छ । उच्च अदालत पाटनबाट गत २०७७ माघ ४ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १५ दिन कैद र ५० लाख जरिवाना ठहर भएको थियो ।

ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई चन्द्रागिरीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७