भारतमा गुडिरहेको बसमा खस्यो पहिरो, ५० बढी यात्रु पुरिए, उद्धार जारी


२७ श्रावण २०७८, बुधबार
himachal pahiro gVfdkWwh25

नयाँदिल्ली, २७ साउन । भारतको हिमाचल प्रदेशअन्तर्गत सिमला–किन्नौर राष्ट्रिय राजमार्ग–५ को ज्युरी रोडको निगोसारी र चौराबीच आज (बुधबार) दिउँसो गुडिरहेको बसमा अचानक पहिरो खस्दा ५० भन्दा बढी यात्रु फसेका छन् ।

भारतीय सञ्चारमाध्यका अनुसार अहिलेसम्म १० जनाको उद्धार गरिएको छ भने दुई जनाको शव भेटिएको छ । हरिद्वार गइरहेको एउटा बस, बोलेरो र ट्याक्सीमा चट्टानी पहाडै खसेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पहिरोमा परी बेपत्ताको संख्याबारे भने विभिन्न भारतीय सञ्चारमाध्यमले फरक–फरक तथ्याङ्क दिएका छन् । कसैले ४०, कसैले ५० त कसैले ६० उल्लेख गरेका छन् । अहिले बेपत्ता यात्रुको खोजी तथा उद्धार जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७