प्रतिनिधि र राष्ट्रिय सभा बैठक बस्दै, के–के छन् कार्यसूची ?


२८ श्रावण २०७८, बिहीबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं, २८ साउन । प्रतिनिधि र राष्ट्रिय सभाको दुबै सदनको वैठक आज (बिहीबार) बस्दैछ । संघीय संसदको प्रतिनिधि सभा बैठक आज (बिहीबार) बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभा बैठक पनि बस्दै
संघीय संसद राष्ट्रिय सभाको बैठक पनि आजै बस्दै छ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्यसूची रहेको छ ।

सचिवालयका अनुसार आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ प्रस्तुत हुने छन् । यसैबीच, आजै ‘लोकसेवा आयोग विधेयक, २०७५ र ‘विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे स्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७