वर्ष दिनपछि एक जनामा कोरोना संक्रमण, पुरै शहर लकडाउन


२८ श्रावण २०७८, बिहीबार
austrila lockdown uCJc4imJZy

काठमाडौं, २८ साउन । अस्ट्रेलियाको राजधानी क्यान्बेरामा एक सातासम्म लकडाउन हुने भएको छ । वर्ष दिनभन्दा लामो समयपछि एकजना संक्रमित भेटिएसँगै स्थानीय समयअनुसार साँझ ५ बजेबाट लकडाउन गर्न लागिएको हो ।

संक्रमितमा कसरी कोरोना भेटियो भन्ने विषयमा अधिकारीहरु स्पष्ट हुन नसकेका कारण शहरको पुरै इलाकामा लकडाउन गरिएको हो । लकडाउन अवधिमा मानिसहरु अत्यावश्यक कारण बाहेक घर बाहिर निस्कन पाउने छैनन् । लकडाउन हुने तय भएसँगै सुपर मार्केटहरुमा किनमेल गर्ने मानिसको भीड बढेको छ ।

अष्ट्रेलियामा पछिल्लो समय अति संक्रामक डेल्टा भेरियन्ट फैलनसक्ने त्रास छ । यहाँका दुईवटा शहर सिड्नी र मेलवर्नमा यो भेरिएन्ट फैलिसकेको छ, यी शहरहरु कडा लकडाउनमा छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७