३,९१५ जनामा कोरोना संक्रमण, २,११८ जना निको, २७ को मृत्यु


२९ श्रावण २०७८, शुक्रबार
korona

काठमाडौं, २९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल १८ हजार ५८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २,७६३ र एन्टिजेन विधिबाट १,१५२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख २८ हजार ५३२ जना र एन्टिजेन विधिबाट ७४ हजार ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । नयाँ संक्रमित थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ७९८ पुगेको छ । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा, ३,२८० जना संस्थागत आइसोलेसनमा, ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा २,११८ जना संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ६ लाख ७९ हजार ४९५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । कोभिड–१९ को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार २३९ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा थप ३ लाख ६७ हजार ३४१ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७