बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाईग्नोष्टिकमा १० प्रतिशत छुट


२९ श्रावण २०७८, शुक्रबार
bank of kathamandu lumbin a

काठमाडौं, २९ साउन । बैंक अफ काठमाण्डू लिमिटेड र सम्यक डाईग्नोष्टिक प्रा लिबीच सम्झौता भएको छ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो।

यस सम्झौतापछि ग्राहकहरुले सम्यक डाईग्नोष्टिकले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशतसम्म छुट पाउनेछन्।

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सुविधा दिइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७