अफगानिस्तान द्वन्द्व : एक करोड ८४ लाखलाई मानवीय सहयोग आवश्यकता


३० श्रावण २०७८, शनिबार
taliban mahila lXzJisMRwq

काठमाडौं, ३० साउन । अफगानिस्तानका करिब चार करोड जनसंख्या मध्ये एक करोड ८४ लाख जनसंख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

तालिबान समूह र सरकारबीच देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यक पर्नसक्ने मूल्याङ्कन गरिएको राष्ट्रसंघको मानवीय सहयोग मामिला अधिकारीले बताएका हुन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए) ले भनेको छ, ‘द्वन्द्व र अन्य खतराहरूबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठूला शहरहरूमा आइपुगेका छन् ।’

अफगानिस्तानमा जारी द्वन्द्व, बाढी, लिङ्गसम्बन्धी मुद्दा र सुरक्षा निगरानीमा ध्यान केन्द्रित गर्दै मानवीय आवश्यकता र तत्काल आवश्यक प्रतिक्रियाबारे कार्यक्रम निर्धारण गर्न राष्ट्रसंघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संगठनहरूबीच आन्तिरिक मूल्याङ्कन भइरहेका संयुक्त राष्ट्रसंघले जनाएको छ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका मुख्य प्रवक्ता स्टेफन डुजारिकले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा अफगानिस्तानको पछिल्लो घटनाक्रमबारे भने, ‘संयुक्त राष्ट्रसंघ र गैरसरकारी संस्था दुवैको मानवीय सहयोग समूह अफगानिस्तानमा रहन र उद्धार गर्न समर्पित रहेको छ, तर सुरक्षा वातावरण अत्यन्त जटिल र चुनौतीपूर्ण छ ।’

डुजारिकले भने, ‘संयुक्त राष्ट्र संघमा अफगानिस्तानका झण्डै तीन हजार ४०० राष्ट्रिय कर्मचारी र करिब ३०० अन्तर्राष्ट्रिय कर्मचारी रहेका भएपनि अहिले उनीहरूमध्ये अधिकांश कोभिड–१९ को महामारीका कारण अफगानिस्तान बाहिर छन्, हामी द्वन्द्वरत सबै पक्षहरूसँग सम्पर्कमा छौं ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७