भरतपुर विमानस्थलमा लागेको आगलागी नियन्त्रण, विशिष्ट कक्ष पूर्णरुपमा क्षति

विमानस्थलमा सबै सेवा शुरु


३० श्रावण २०७८, शनिबार
thumb 7

चितवन, ३० साउन । चितवनमने भरतपुर विमानस्थलको विशिष्ट कक्ष (भीआईपी रुम) मा खनज (शनिबार) बिहान आगलागी भएको छ । आगलागीले सो ठाउँका केही उपकरण र फर्निचर नोक्सान भए पनि विमानस्थलका अन्य सबै सेवा जारी नै रहेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक डीएसपी सूर्य थापाले बिहान साढे ६ बजेतिर लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिएको जानकारी दिए ।

‘भीआईपी कक्षमा आगो लाग्दा त्यहाँका दुई वटा एसी, दुईवटा पंखा, तीन वटा सोफा र स्यानिटाइजर बक्समा क्षति पुगेको छ । आगो छिट्टै नियन्त्रणमा आयो,’ डीएसपी थापाले भने । बिजुली सर्ट भएका कारण आगलागी भएको उनले बताए । सो ठाउँलाई विद्युत् सञ्जालबाट अलग गरेपछि विमानस्थलका अन्य सबै सेवा सुरु भएको भरतपुर विमानस्थल कार्यालयका सूचना अधिकारी पुष्कलराज शर्माले जानकारी दिए ।

‘हाम्रै विमानस्थलमा फायर स्टेसन छ । त्यहाँको फायर भेहिकल तत्कालै आएर लगभग १० मिनेटमा आगो नियन्त्रणमा लियो । आगो लागेको ठाउँमा जाने विद्युत् लाइन हटायौं । यो काम गर्न लगभग एक, सवा एक घण्टा जति लाग्यो । त्यसपछि विमानस्थलमा सवै सेवा सुरु भए । जहाज आउने, उड्ने गरेका छन्,’ विमानस्थलका सूचना अधिकारी शर्माले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७