अफगानिस्तानका २० हजार जनतालाई हामी शरण दिन्छौं : क्यानडाका प्रधानमन्त्री


३० श्रावण २०७८, शनिबार
afghanistan ykQHw9PfS6

काठमाडौं, ३० साउन । तालिवानको बढ्दो हिंसाको कारण देश छाड्न बाध्य भएका अफगानिस्तानका नागरिकहरूलाई मद्दत गर्ने क्यानडाले घोषणा गरेको छ ।

प्रधानमन्त्री जस्टिन ट्रुडोले यसबारे जानकारी दिँदै ट्वीटरमा लेखेका छन्, ‘अफगानिस्तानमा स्थिति खराब हुँदैछ र त्यहाँका जनताको जीवन खतरामा छ । उनीहरूको मद्दतका लागि हामी रिसेटल्मेन्ट प्रोग्राम विस्तार गरिरहेका छौं । हामी प्रभावित बनेका २० हजार जना अफगानिस्तानका जनतालाई शरण दिन्छौं र यो प्रक्रियालाई चाँडो बनाउँछौं ।’

अध्यागमन मन्त्री मार्को मेन्डिसिनोले यस योजनामा महिला, नेता, मानवअधिकार कार्यकर्ता, पत्रकार, अल्पसंख्यक समुदाय, एलजीबीक्यूआईका सदस्यहरूलाई पहिलो प्राथमिकता दिइनेछ जसलाई तालिवानबाट खतरा छ । ‘अफगानिस्तानको स्थिति दयनीय छ र क्यानडा त्यहाँको जनताको साथमा छ,’ उनले भने ।

यसको साथै पहिलेदेखि लागू स्पेसल इमिग्रेसन कार्यक्रम पनि निरन्तर रहने जानकारी दिइएको छ । यस अन्तरगत अफगानिस्तानमा क्यानडाका लागि काम गर्नेहरूलाई मद्दत गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७