लाङटाङमा ढुङ्गाले लागेर एक युवक गम्भीर घाइते, हेलिकप्टर जान सकेन


३० श्रावण २०७८, शनिबार
langtang

रसुवा, ३० साउन । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ गएर फर्कने क्रममा माथिबाट झरेको ढुङ्गाले लाग्दा एक जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा धादिङका राजु लामा रहेका छन् । लामा होटल र स्याफ्रूको बीचमा पर्ने रिम्चे भन्ने स्थानमा शनिबार माथिबाट ठूला ढुङ्गा झरेको थियो । घाइतेको उद्धारको लागि स्याफ्रुबेसी र ठुलोस्याफ्रूबाट नेपाल प्रहरीको टोली घटनास्थलमा गइसकेको छ ।

उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने भनिए पनि घटनास्थलमा बाक्लो हुस्सो लागेको र खराब मौसमका कारण हेलिकप्टर आउन सक्ने अवस्था नभएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७