भारतमा दैनिक संक्रमितको संख्यामा फेरि घट्दै


३० श्रावण २०७८, शनिबार
korona india

नयाँदिल्ली, ३० साउन । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि कमी आएको छ । अघिल्लो दिनको तुलनामा शनिबारको तथ्यांकमा झण्डै दुई हजार कम संक्रमित देखिएको अधिकारीले जनाएका छन् ।

शनिबार बिहान सार्वजनिक गरिएको दैनिक तथ्यांकानुसार भारतमा थप ३८ हजार ६६७ जना नयाँ संक्रमित थपिएका हुन् । जबकि, अघिल्लो दिन ४० हजार १२० जना नयाँ संक्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो । भारतमा अहिलेसम्म कुल तीन करोड २१ लाख ५६ हजार ४९३ जना कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ ।

त्यसैगरी, भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ८७ हजार ६७३ रहेको पनि अधिकारीले जनाएका छन् । यो संख्या कुल संक्रमितको १.२१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अघिल्लो दिनको तुलनामा भने यो संख्या केही धेरै हो । अघिल्लो दिन तीन लाख ३५ हजार २२७ रहेको थियो । भारतमा संक्रमणमुक्त भएकाको प्रतिशत ९७.४५ रहेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म तीन करोड १३ लाख ३८ हजार ८८ मानिस संक्रमणमुक्त भएका छन् । तीमध्ये ३५ हजार ७४३ जना पछिल्लो २४ हजार संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी, ४७८ जनाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाको कुल संख्या चार लाख ३० हजार ७३२ पुगेको छ । रासस / एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७