माओवादी केन्द्रको बैठक : प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल हुँदै


३१ श्रावण २०७८, आईतवार
PN moist centeral commette e1628924527727

काठमाडौं, ३१ साउन । सत्ता पक्षीय नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (आइतबार) पनि बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने जनाइएको छ ।

शनिबार भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो । उक्त समूहगत छलफलको निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने छ ।

अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । उनले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेका हुन् । शनिबारको बैठकमा उनले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७