तालिवानले भन्यो–देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं


३१ श्रावण २०७८, आईतवार
taliban leader

काबुल, ३१ साउन । अफगानिस्तानको विद्रोही संगठन तालिबानले आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई फर्किन दिने बताएको छ ।
काबुलमा तालिबान पसेको समाचारपछि पहिलो सार्वजनिक विज्ञप्तिमार्फत तालिबानले यस्तो बताएको हो ।

उसले अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन पनि भनेको छ । अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता ल्याउन थप पाँच हजार सैनिक काबुल पठाएको छ । त्यस्तै अन्य मुलुकले पनि आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन पहल गरिरहेका छन् ।

तालिबानले जितको खुसीयालीमा आफ्ना लडाकुहरुलाई गोलीबारी गर्न नदिने बताएको छ । साथै सरकारी सेनालाई पनि आफ्नो घर फर्किन दिने तालिबानको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने तालिबानको भनाइ छ । पछिल्लो १० दिनमा तालिबानले काबुल बाहेकका अफगानिस्तानका सबै प्रमुख सहरमा कब्जा जमाइसकेको छ र अहिले काबुलमा तालिबानका लडाकुहरु प्रवेश गरेका छन् ।

तालिबानले काबुलमा कुनै आक्रमण नहुने र शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको लागि वार्ता भइरहेको बताएको छ । यसैबीच अफगानिस्तानका गृहमन्त्रीले पनि शान्तिपूर्ण रुपमा संक्रमणकालीन सरकारलाई सत्ता हस्तान्तरण हुने भन्दै मानिसहरुलाई चिन्ता नलिन आग्रह गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७