सांग्रीला बैंकको नाफामा उल्लेख्य बृद्धि, प्रति सेयर आम्दानी बढ्यो


३१ श्रावण २०७८, आईतवार
sangrila dev bank DleTxBVDDY 1

काठमाडौं, ३१ साउन । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको आर्थिक वर्ष २०७७र७८ चौथो त्रैमाससम्म आफ्नो नाफामा उल्लेख्य बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले खुद नाफा ११८.१८ प्रतिशतले बढाउन सफल भएको छ ।

अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म १९ करोड १० लाख रुपैयाँमा सिमित नाफा बढेर यो वर्ष ४१ करोड ६९ लाख रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यही अवधिसम्म २६ करोड ७७ लाख रहेको संचालन मुनाफामा समेत उत्साहजनक बृद्धि भई ५६ करोड १ लाख पुगेको छ ।

कोभिड कहरमै व्यवसाय बृद्धि भएका कारण खूद ब्याज आम्दानी समेत बढेको बैंकले जनाएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब १९ करोड ७९ लाख पुगेको हो ।

बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार २ अर्ब ७३ करोड चुक्तापुँजी रहेको बैंकको वितरणयोग्य मुनाफा २८ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा सांग्रीला बैंकले ४२ अर्ब ८४ करोड बढी निक्षेप संकलन गरी ३६ अर्ब २३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ४६.४८ र ५१.८४ प्रतिशतको बढोत्तरी भएको जनाएको छ ।

अघिल्लो वर्ष १५ करोड ३४ लाखमा सिमित रिटेन अर्निङ बढेर यो वर्ष ३० करोड ४६ लाखको उचाइमा पुगेको छ भने ५४ करोड ५९ लाखमा सिमित रिजर्बको आकार बढेर ६७ करोड ५२ लाख पुगेको छ ।

बैंकले नाफामा उल्लेख्य प्रगति गरेसँगै प्रतिसेयर आम्दानी(इपीएस) समेत ह्वात्तै बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ७.३३ मात्र रहेको इपीएस बढेर यो वर्ष १५.२३ पुगेको हो । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशत, कस्ट अफ फण्ड ५.९६ प्रतिशत, आधार दर ८.५४ प्रतिशत रहेको छ ।

असार मसान्तको प्रतिसेयर नेटवर्थ १३५.८१, पीई अनुपात २७.८३ गुणा र क्यापिटल एडेक्वेसी रेसियो ११.८६ प्रतिशत रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७