अफगानिस्तान मामिला : ट्रम्पले मागे बाइडनको राजीनामा


३२ श्रावण २०७८, सोमबार
Trump Biden image LVg2ro1bkZ

काठमाडौं, ३२ साउन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा मागेका छन् । बाइडनले अफगानिस्तानको विषयलाई लिएर चौतर्फी आलोचना खेपिरहेका बेला ट्रम्पले राजीनामा मागेका हुन् ।

ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा गरेको अपमानका लागि उनले राजीनामा दिनुपर्छ ।’ बाइडनले यदि आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिका फिर्ता ‘निकै अलग र निकै सफलतापूर्वक’ हुने थियो भनेका छन् ।

यस्तै बाइडन प्रशासनले ट्रम्पलाई जवाफ फर्काउँदै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णय ट्रम्पकै पालामा भएको स्मरण गराएको छ । यद्यपि अमेरिकी सेना फिर्ताको स्पष्ट जानकारी भने बाइडनले सत्ता सम्हालेपछि सार्वजनिक भएको थियो ।

बीबीसीका उत्तरी अमेरिका सम्पादक जोन सोपेलले लेखेका थिए– अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने नीति ट्रम्पको थियो तर यस अराजकताको जिम्मेवारी बाइडनले लिनुपर्छ ।

अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुनासाथ तालिबानले अफगानिस्तान कब्जा गर्ने क्रमलाई तीव्रता दिएको थियो । यस घटनापछि बाइडनको आलोचना हुँदै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७