तालिबानले भन्यो– अफगानिस्तानमा ‘युद्ध समाप्त’, राष्ट्रपति देश छोडेर भागे


३२ श्रावण २०७८, सोमबार
Taliban capture the president palace

काबुल, ३२ साउन । विद्रोही लडाकु समूह तालिबानले अफगानिस्तानमा ‘युद्ध समाप्त’ भएको जनाएको छ । तालिबानका प्रवक्ता मोहम्मद नइमले समाचार च्यानल अल जजिरालाई दिएको एक अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

तालिबानले अन्तर्राष्ट्रिय समुदायसित शान्तिपूर्ण सम्बन्ध बनाउन चाहेको भन्दै उनले कुनै पनि विषयमा छलफलका लागि तयार रहेको बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । अल जजिराले अफगानिस्तानको राष्ट्रपति भवनभित्र पुगेका तालिबान लडाकुको भिडियो पनि सार्वजनिक गरेको छ ।

प्रवक्ता नइमले शरिया कानुनानुसार तालिबानले महिला र अल्पसंख्यकका अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने बताएका छन् । उनले तालिबानले कसैको मामिलामा हस्तक्षेत्र नगर्ने नीति अपनाउने भन्दै अफगानिस्तानको मामिलामा पनि अरूलाई हस्तक्षेप नगर्न आग्रह गरे । अफगानिस्तानमा पुनः विदेशी सेना प्रवेश नगरोस् भन्ने उनको भनाइ थियो । रोयटर्सका अनुसार आइतबार तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति अशरफ गनी देश छोडेर भागेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७