जर्मनीले अफगानिस्तानलाई विकास सहायता नदिने


२ भाद्र २०७८, बुधबार
Taliban 6ddhKFWBHS

काठमाडौं, २ भदौं । जर्मनीले अफगानिस्तानका लागि विकास सहायता तत्कालका लागि रोक्ने निर्णय गरेको छ । अफगानितानमा २० वर्षपछि तालिबान फेरि सत्तामा पुगेपछि यस्तो निर्णय गरिएको जर्मनीका विकासमन्त्री गर्द मुलरले जानकारी दिए ।

‘परिवर्तित राजनीतिक अवस्थाका कारण जर्मनीले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको विकास सहयोग केही समयका लागि निलम्बन गरिएको छ,,’ विकास मन्त्री मुलरले जर्मन पत्रिका रिनिशा पोस्टसँगको अन्तरवार्तामा भनेका छन् ।

अफगानिस्तानबाट जर्मनी फिर्ता हुन चाहने सबै स्थानीय विकास अधिकारी र गैरसरकारी संस्थाका कर्मचारीलाई अफगानिस्तानबाट फिर्ता गर्नका लागि द्रुत गतिमा काम भइरहेको उनले बताए । काबुलमा रहेका जर्मनहरूलाई सेनाको नेतृत्वमा उद्धार गर्ने अभियान जारी रहेको तर स्थलगत उद्धारमा भने कठिन परिस्थितिका कारण बाधा सिर्जना भएको उनको भनाई छ ।

अफगानिस्तानको ठूला दातामध्ये एक जर्मनीले एक वर्षमा ४३० मिलियन यूरो (५०६ मिलियन अमेरिकी डलर) अफगानिस्तान पठाउने सहमति गरेको थियो । उक्त रकम स्थानीय प्रहरी बलको तालिम, न्याय प्रणाली तथा महिलाको हक अधिकारलाई सुनिश्चित गर्न र भ्रष्टाचारविरुद्धको अभियानमा खर्चिने सहमति गरेको थियो ।

गत हप्ता बोल्दै जर्मन विदेशमन्त्री हेइको मासले अन्तर्राष्ट्रिय सहयोगबिना एसियाली मुलुक अफगानिस्तान ‘सक्षम’ नहुने बताएका थिए । ‘तालिबानले सत्ता पूर्ण नियन्त्रण लिएमा, शरिया कानुन लागू गरेमा र अफगानिस्तानलाई इस्लाम (क्यालिफेट) राज्य घोषणा गरेमा जर्मनीले त्यहाँ अब एक पैसा पठाउने छैन,’ मासले भने । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७