मेलम्चीमा बाढीले थप तीन घर बगायो


२ भाद्र २०७८, बुधबार
melamchi bajar 2 v6SM6nQID4

सिन्धुपाल्चोक, २ भदौं । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले थप तीन घर बगाएको छ । गए राति वर्षासँगै आएको बाढीले मेलम्ची नगरपालिका–६ को तीन वटा घर बगाएको उपमेयर भगवती नेपालले जानकारी दिए ।

उनका अनुसार राति ठूलो पानी पर्दा खोलामा बाढी आएको थियो । यस अघि गएको साउन १६ गतेको बाढीका कारण उच्च जोखिममा परेका घरहरु गए रातिको बाढीले बगाएको उनले बताए । मेलम्ची नदीमा बाढी आइरहेकाले अन्य घरहरु पनि उच्च जोखिममा परेका छन् ।

विशेष गरी वडा नम्बर ६, ११ र १२ का केही घरहरु उच्च जोखिममा परेका छन् । गएको असार १ गते र साउन १६ गते मेलम्चीमा आएको बाढीले ठूलो नोक्सानी गरेको छ । बाढीमा परेर पाँच जनाको ज्यान गएको छ भने २० जना हराइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७