दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध ६ वटा रिट दर्ता


४ भाद्र २०७८, शुक्रबार
sarbochha

काठमाडौं, ४ भदौं । सरकारले ल्यएको दल सवभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएको छ । अधिवक्ता प्रवेश केसी, अर्जुनकुमार अर्याल र शकुन्ता भुसाल, श्रीकान्त बराललगायतले अध्ययादेशविरुद्ध रिट दर्ता गरेका छन् ।

सर्वोच्च अदालतमा दर्ता भएको ६ वटा रिटको अर्को साता संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । संवैधानिक इजलास सातामा बुधबार र शुक्रबार बस्ने गरेको छ । बुधबार अन्तिम सुनुवाइ गर्नुपर्ने मुद्दाको पेसी चढ्ने गर्छ ।

रिटमा सरकारले जारी गरेको अध्यादेशले राजनीतिक स्थिरता र दलभित्र बहस तथा वादविवादमा सहमति खोज्ने परम्परा अन्य गरी दल फुटाउने विकृति ल्याउने भन्दै अध्यादेश खारेजीको माग गरिएको छ । सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी थिइन । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७