अफगानिस्तानमा आफ्नो शासन स्वीकार गर्न तालिबानको आग्रह


५ भाद्र २०७८, शनिबार
abdsul rBUNfno2f0

काठमाडौं, ५ भदौं । तालिबानले आफू विरुद्ध बढ्दै गएको विरोधका बाबजुत अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न अपिल गरेको छ ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तालिबानी प्रवक्ता सुहैल शहिनले अन्तर्राष्ट्रिय समुदायमा अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न आग्रह गरेका बिबिसीले जनाएको छ । शहिनले तालिबानी शासनमा अफगानिस्तानका महिलाको जीवनप्रति जनाइएको चिन्ता निराधार रहेको बताएका छन् । तालिबानले महिलाको काम गर्ने र पढ्न लेख्न पाउने अधिकारको संरक्षण गर्ने जनाएको छ ।

तालिबानले महिलाहरुको पढ्ने, लेख्ने र काम गर्ने अधिकार खोस्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायमा विरोध भइरहेका छन् । शहीनले अफगानिस्तानको पुनर्निर्माणमा सबै देशको सहयोगको आवश्यकता रहेको बताएका छन् । पछिल्लो समय तालिबानप्रति मानिसहरुको समर्थन बढ्दै गएको तालिबानको दाबी छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७