१० कक्षाका आधा विद्यार्थी कमजोर


५ भाद्र २०७८, शनिबार
student

काठमाडौं, ५ भदौं । कक्षा १० मा पढ्ने आधा विद्यार्थीको सिकाइ स्तर अति कमजोर रहेको पाइएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका सामुदायिक र निजी विद्यालयमा गरेको अध्ययनमा ५० प्रतिशत पाठ्यक्रममा रहेका विष्यवस्तुको न्यून सिकाइ समेत हासिल गर्नै नसकेको भेटिएको हो ।

केन्द्र कक्षा १० को विज्ञान, अंग्रेजी, गणित र नेपाली विषयको सिकाइ स्तरको मापन गरेको थियो । यी चार विष्यमा औसत सिकाइ स्तर ५० प्रतिशतमात्रै रहेको केन्द्रका महानिर्देशक शिवप्रसाद सापकोटाले जानकारी दिए । अध्ययनका क्रममा विज्ञान विषयमा सबैभन्दा कमजोर रहेको पाइएको छ । त्यसपछि क्रमशः अंग्रेजी, गणित र नेपाली विषयमा विद्यार्थी कमजोर छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७