बराबरीमा रोकियो बार्सिलोना


६ भाद्र २०७८, आईतवार
120201201 gettyimages 1335482700 OUcOohduIQ

काठमाडौं, ६ भदौं । मेम्फिस डिपाइको गोलको मद्दतले एथ्लेटिक बिल्बाओसँग बराबरी खेल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । दुई खेलपछि बार्साको ४ अंक रहेको छ ।

खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले बिल्बाओलाई अग्रता दिलाए पनि ७५ औं मिनेटमा डिपाइले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । यसबीच दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो भने थुप्रै गोलका अवसरहरू खेर गएको थियो ।

खेलको इन्जुरी समयमा बार्सिलोनाका डिफेन्डर एरिक गार्सियाले निको विलियम्सलाई फल हानेपछि रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए । पहिलो हाफमा बार्सिलोनाका जेरार्ड पिके घाइते भएका थिए । अन्य खेलमा भ्यालेन्सिया र ग्रानाडा र भिल्लेरियाल र एस्पानियोलले पनि बराबरी खेलेका छन् । मायोर्काले भने आलाभेसलाई १–० गोलले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७