लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत


७ भाद्र २०७८, सोमबार
Kul Prasad KC

काठमाडौं, ७ भदौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार दिउँसो भएको मतदानमा उनको पक्षमा ४२ मत परेको छ ।

लुम्बिनी प्रदेशमा रहेका ८० सांसदमा विश्वासको मतका लागि डाकिएको बैठकमा ४३ जना उपस्थित भएका थिए । जसमध्ये केसीको पक्षमा ४२ मत र एमालेले बहिष्कार गरेकाले विपक्षमा शून्य मत खसेको छ । एक जना सांसद तटस्थ बसेका छन् । केसी साउन २८ गते लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

रोल्पाको निर्वाचन क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनले सोमबार विश्वासको मत लिएका हुन् । एमालेले बहिस्कार गरेको आजको मतदानमा सभामुख बाहेक ४३ सांसद उपस्थित थिए। विपक्षी आजै तेस्रो पटक बसेको प्रदेश सभाको बैठकमा केसीले विश्वासको मत लिएका हुन् ।

आज बसेको पहिलो बैठक एमालेका सांसदहरुले रोस्ट्रम घेरेर अवरुद्ध पारेका थिए । दोस्रो बैठकमा केही विधेयकहरु पेश भएका थिए । दोस्रो बैठक पनि विपक्षीहरुले बहिस्कार गरेका थिए । प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कुलप्रसाद केसीले कोभिड नियन्त्रण आफ्नो मुख्य प्राथमिकता रहेको बताएका थिए । उनले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७