मनसुन फेरि सक्रिय, ‘धेरै भारी’ वर्षाको सम्भावना


९ भाद्र २०७८, बुधबार
rain

काठमाडौं, ९ भदौं । देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको मौसमविदले जनाएका छन् । पूर्ण बदलीका कारण देशभर फेरि मनसुन सक्रिय बनेको छ । प्रदेश–१, प्रदेश नम्बर–२, वागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अरू प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश–१, प्रदेश–२, वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा ‘धेरै भारी’ वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७