तालिबानद्वारा अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त


९ भाद्र २०७८, बुधबार
taliban appoints home education and finance ministers

काठमाडौं, ९ भदौं । २० वर्षपछि पुनः अफगानिस्तानको सत्ता सम्हालेपछि सरकार गठनको प्रक्रिया अघि बढाएको तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ । साथै तालिबानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख पनि नियुक्त गरेको छ ।

अफगानिस्तानको पाजहोक समाचार एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेअनुसार तालिबानले मंगलबार गुल आगालाई अर्थमन्त्री र सदर इब्राहिमलाई कार्यवाहक गृहमन्त्री बनाएको हो । यसैगरी सखउल्लाहलाई कार्यवाहक शिक्षा प्रमुख र अब्दुल बाकीलाई उच्च शिक्षाको कार्यवाहक प्रमुख बनाइएको छ ।

मुल्ला शिरिन काबुलको गभर्नर, हमदुल्ला नोमानी काबुलको मेयर र नजिबुल्लाह गुप्तचरको प्रमुख नियुक्त भएका छन् । तालिबानले यसअघि आफ्नो प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई संस्कृति तथा सूचनामन्त्री नियुक्त गरेको थियो ।

यसअघि गत सोमबार तालिबानले अमेरिकी सबै सैनिक अफगानिस्तानबाट फिर्ता नभएसम्म सरकार नबनाउने जनाएको थियो । तालिबानले अमेरिकी सैनिकलाई ३१ अगष्टपछि अफगानिस्तानमा रहन नदिने पनि जनाएको थियो । यद्यपि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी सैनिक अफगानिस्तानमा रहने समय सीमा बढाउन सक्ने मिडिया रिपोर्टहरु पनि सार्वजनिक भइरहेका छन् ।

अमेरिका र बेलायतले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन अफगानिस्तानमा सेना खटाएका छन् । काबुल एयरपोर्टमा अमेरिकामा ५ हजार बढी सेना तैनाथ छन् । उनीहरुले विमानस्थल नियन्त्रणमा लिएका छन् । अमेरिकी सैनिकहरुले अमेरिकी नागरिकका साथसाथै मित्र देशका नागरिक र अफगानिस्तानका नागरिकहरुलाई पनि उद्धार गर्दैै आएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७