२,४८२ जनामा कोरोना संक्रमण, १,७८१ जना निको, ४४ को मृत्यु


९ भाद्र २०७८, बुधबार
korona

काठमाडौं, ९ भदौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ४४ जनाको ज्यान गएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरण समेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकामा २,४८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १,७८१ जना निको भएका छन् । यस्तै काठमाडौंमा ५१५ जनासहित उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म १० हजार ६१२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७