निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने


१० भाद्र २०७८, बिहीबार
KP Sharma Oli1629975738

काठमाडौं, १० भदौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निर्वाचन आयोगविरुद्ध कानुनी उपचारमा जाने भएको छ । आज च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीले कारबाही गरेका सांसदहरूलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै आयोगविरुद्ध अदालत जाने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले आफ्ना १४ जना सांसदलाई विधान र कानुनबमोजिम गरिएको कारबाही अघि नबढाएको भन्दै एमालेले सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो । बैठकले पार्टीको कारबाहीमा परेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरूद्ध पनि अदालत जाने निर्णय गरेको छ ।

‘निर्वाचन आयोगबाट विवादास्पद क्रियाकलाप भएका छन् । त्यहाँबाट पार्टीले कारबाही गरेका, उपस्थित नै नभएकालाई सनाखत गराउने भएको छ । अर्कोतिर सभामुखले पार्टीको पत्र अनुसार कारबाहीको सूचना टाँस नगरेर गम्भीर गल्ती गर्नुभएको छ । त्यसविरुद्ध पनि हामी कानुनसम्मत र संसदीय अभ्यास अनुसारको विरोध गर्छौ’, उनले भने ।

बैठकले एमाले छोडेर नयाँ दर्ता दल गरेकाहरूलाई निष्कासन गर्ने पनि निर्णय गरेको छ । तर, भुल सुधार गरेर आउनेलाई स्वागत गरिने ज्ञवालीले बताए । बैठकले १० बुँदेलाई तत्कालाई कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७